सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

85
Sana Kishan

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमी वायुको प्रभाव आज (आइतबार)देखि बुधबारसम्‍म देशैभरि रहन्छ। बिहीबार मात्रै हट्छ । त्‍यसैले उक्त अवधिमा अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना छ ।’

Arus

उनका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । साथै दूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको उनले बताइन् ।

Nepali Khaja
Karnali Traders

मौसमविद मानन्धरले भनिन्, ‘देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै तराईका भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो लाग्छ ।’

देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत मौसमविद् प्रधानले बताइन् ।

यता, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस रहेको छ । अनलाइनखबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.