सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी कहाँ बिग्रियो, गम्भीर समीक्षा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताउनुभएको छ ।

पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई आज आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै नेताले देश र नागरिकको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने विषयमा बोलेकाले खुसी लागेको बताउनुभयो ।

Sana Kishan

शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने प्रचण्डको भनाइ छ । आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको भन्दै प्रचण्डले नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताउनुभयो ।

Dirghayu Ads

अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहने र समाजवादी आन्दोलनलाई अगाडि बढाउन चाहनेहरू सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.