सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले र माओवादीको एकता जोगाउन नसकेकोमा पछुतो छ : पोखरेल

42
Sana Kishan

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताएका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले नेकपा गठन गलत नभई ऐतिहासिक आवश्यकता भएको बताएका हुन्।

‘नेकपा गठन गलत थिएन ऐतिहासीक आवश्यकता थियो।’ उनले भने, ‘हामीले एउटै घोषणा पत्र बनाएर चुनाव लडेका थियौं तर जनमतको बलमा नेकपा बनाएका थियौं। तर, एकता पुष्टि गर्न सकेनौं। नेकपाको एकता जोगाउन नसकेकोमा मलाई पछुतो छ।’

Arus
Karnali Traders

पोखरेलले वामपन्थी पार्टी कार्य नीति वा नेताको अन्तर कलहका आधारमा विभाजित हुन नहुने धारणा राखे। पार्टी एकताका लागि इमान्दार प्रयास गर्नुपर्नेमा उनले पुनः जोड दिए। उहाँले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

Nepali Khaja

उनले माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकुममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरणसमेत गरे। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.