सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मौसममा आएको परिवर्तनले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा चिसो बढ्यो

48
Sana Kishan

मौसममा आएको परिवर्तनले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि बादल लागेकाले चिसो बढेको हो । आइतबार राती बैतडी सहितका सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

मौसममा आएको परिवर्तनले चिसो बढेको र यो बेला बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसोको समयमा श्वासप्रश्वासका बिरामीहरुले बढ्ने भएकाले सतर्कता अपनाउन जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले आग्रह गरे ।

Arus
Karnali Traders

यस्तै चिसोको समयमा बालबालिकाहरुलाई निमोनिया हुन सक्ने भएकाले उनीहरुलाई न्यानो बनाइराख्नुपर्नेमा उनले जोड दिए । यस्तै चिसोको समयमा तातो र झोलिलो खानेकुरा खान पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.