सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीका विद्यार्थीले बनाए विद्युतीय कार

कैलाली – निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् ।

यस विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतीय कार निर्माण गरेका हुन् । झन्डै चार महिना लगाएर निर्माण गरिएको कारको लागत एक लाख ५० हजार रुपैयाँ रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ’सारअल्फा’ राखिएको छ ।

Sana Kishan

कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’

World Link Ads
Mahakali Polytechnic

गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.