सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादीको पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी धार निर्माण गरेको बताइन्।

उनले भनिन्,‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल परिवर्तन ग¥यौं। हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो। ’

Sana Kishan

समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नुपर्ने उनले बताइन्। प्राप्त उपलब्धिको संस्थागत गर्दै समाजवाद उन्मुख समाजमा जानका लागि महाधिवेशनले विगत र वर्तमानको समीक्षा गर्ने उनको भनाई छ। भुसालले क्रान्तिकारी विचार निर्माण गरी जनता र राष्ट्रको पक्षमा आफूहरु लागि पर्ने बताइन्। अन्नपूर्ण पोस्ट बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.