सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार ७१ अङ्कले बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।

Sana Kishan

आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

World Link Ads
Mahakali Polytechnic

आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.