सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाको पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययन शुरु 

58
Sana Kishan

बैतडीको पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएको छ । खानीको सम्भाव्यता अध्ययनका लागि पुगेको भुगर्भविद्हरुको टोलीले सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

 

पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा रहेको फलाम खानीको टोलीले सम्भाव्यता अध्ययन शुरु गरिसकेको खानी तथा भुगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए ।

 

Arus

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए । इलेक्ट्रीकल रेसीस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए । उनले भने ‘हामीले पहिला फलाम निकालेको ठाउँमा फलाम छ कि छैन् भनेर जमीन मुनि करेन्ट प्रवाह गरेर पत्ता लगाउँछौं । यस्तै म्याग्नेटिक सर्भे पनि गर्छौं ।’

 

Nepali Khaja
Karnali Traders

टोलीले कम्तीमा पनि यो महिना सम्म फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने कँडेलले बताए । खानी तथा भुगर्भ विभाग लैनचौर काठमाण्डौंबाट पुगेको टोलीमा कँडेल सहित   जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् ।

 

आफ्नो क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भईसकेपछि स्थानीयहरु समेत खुुसी भएका छन् । पहिला परम्परागत रुपमा सञ्चालनमा रहेका खानीहरु लामो समयदेखि बन्द रहेका थिए । फलाम खानीको सम्भाव्यता अध्ययन कार्य शुरु भएसंगै स्थानीयहरुले रोजगारी समेत पाउने आशा गरेको त्यहाँका स्थानीय महेश बोहराले बताए ।

 

फलाम खानीको सम्भाव्यता अध्ययन कार्य शुरु भएपछि स्थानीयहरुमा खुुसीको आभाष भएको पुर्चौंडी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जनकबहादुर बिष्टले बताए । उनले भने ‘पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि टोली पुगेर काम शुरु गरिसकेको छ । अब फलाम खानी उत्खननको काम अगाडि बढ्छ भन्ने हामीले आसा लिएका छौं ।’ सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.