सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के हो कानेगुजी ? यसलाई सफा गर्ने सबैभन्दा राम्रो तरिका के ?

कानेगुजी – नाम सुन्ने बित्तिकै पनि धेरैलाई घिन लाग्न सक्छ ।

तर वास्तवमा भन्ने हो भने कानेगुजी हाम्रो शरीरबाट निस्कने एउटा यस्तो प्राकृतिक तत्व हो जसको एउटा महत्वपूर्ण काम हुन्छ ।

त्यसैले यसलाई सफा राख्ने कुरालाई तपाईंलाई हल्का रुपमा लिनु हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

बेलायतकी नाक कान घाँटीका सर्जन गेब्रियल वेस्टनले कान सफा राख्ने सबैभन्दा राम्रो र सबैभन्दा खराब तरिकाबारे अनुसन्धान गरेकी छिन् ।

कुनै नतिजामा पुग्नु अघि डाक्टर गेब्रियल वेस्टनले कानेगुजीबारे जानकारी दिएकी छिन् । उनी भन्छिन्, ‘कानेगुजी एउटा यस्तो पदार्थ हो जुन कानभित्र रहेको ग्रन्थीमा पैदा हुन्छ र यसका थुप्रै काम हुन्छन् ।’

कानेगुजीको कामः

यो हाम्रो कानलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।

यसले कानको नलीको माथिल्लो भागमा जमेको पत्रलाई सुक्न र त्यसमा चिरा पर्नबाट रोक्छ ।

यसले कानलाई धुलोको कण र पानीबाट जोगाउँछ जसले संक्रमणलाई रोक्नमा मद्दत गर्छ ।

धेरैजसो हाम्रो कानको नली आफैं सफा भइरहन्छ ।

कानेगुजी कहिले बन्छ समस्या ?

जब हामी बोल्छौं, केही चपाउँछौं, आफ्नो बंगारा घुमाउनु हुन्छ भने यी कानेगुजी र छालाका कोसिका बिस्तारै कानको जालीबाट कानको प्वालतर्फ बढ्छ । जहाँ यो सामान्य रुपमा सुकेर बाहिर निस्कने गर्छ ।

कानेगुजी सामान्य रुपमा कुनै समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यो एउटा यस्तो अवरोधक बन्न सक्छ जसले कान दुख्न सक्छ वा कतिपय अवस्थामा त श्रवण शक्ति नै कमजोर हुनसक्छ ।

बजारमा यस्ता थुप्रै चिज बिक्छन् जसले कानको सबै फोहोर बाहिर निकाल्ने दाबी गर्छन् ।

तर प्रश्न यो उठ्छ कि यी उत्पादनबाट के साँच्चै नै मद्दत मिल्छ ?

कटन बड्सः

जब हामी आफ्नो कानलाई औंलाले सफा गर्ने कोसिस गर्नुहुन्छ भने समस्या पैदा भइरहेको हुन्छ । कटन बड्सले सफा गर्नु त झन् जोखिमपूर्ण छ । यद्यपि, धेरैजसो मानिसहरु कटन बड्सलाई कानेगुजी निकाल्नका लागि नै प्रयोग गर्ने गर्छन् । तर कटन बड्स बनाउने कम्पनीले यसलाई कानको नली सफा गर्नका लागि प्रयोग नगर्न सुझाउने गर्छन् ।

हामीले कटन बडको सहायताले कानेगुजी निकाल्न खोजिरहेका हुन्छौं तर भइदिन्छ के भने यसले कानेगुजीलाई थप भित्र धकेलिदिने गर्छ । यो कानको त्यो हिस्सासँग टाँस्सिन सक्छन् जुन आफैं सफा गर्न सक्षम हुँदैन । कानेगुजीमा यस्ता ब्याक्टेरिया हुनसक्छन् जुन संक्रमणको कारण बन्न सक्छन् ।

कटन बड्सबाट कानको फोहोर सफा गर्दा कानको आन्तरिक छालामा एक प्रकारको जलन पैदा हुनसक्छ जसका कारण बारम्बार त्यो हिस्सा छुन मन लाग्छ । यो एउटा दुष्चक्रमा परिवर्तन हुनसक्छ ।

यदि कटन बड्स धेरै तल पुग्यो भने यसले कानको जाली फुट्न सक्छ, अचानक पीडा बढ्न सक्छ, रगत निस्कन सक्छ र अस्थायी रुपमा सुन्ने क्षमता ह्रास हुनसक्छ ।

इयर क्यान्डल्सः

Sana Kishan

कानेगुजीबाट छुटकारा पाउन चाहनेहरुका लागि इयर क्यान्डलजस्ता उत्पादन पनि बजारमा उपलब्ध छ ।

यसमा एउटा लामो, पातलो र बलिरहेको मैन बत्तीलाई एउटा सोलीको आकार भएको चिजमा राखिन्छ ।

सोलीमा एकातिर प्वाल हुन्छ र यसको दिशा कानको भित्रि भागतिर हुन्छ ।

यसको प्रयोगले कानको फोहोर र अन्य फोहोर सफा हुने दाबी गरिन्छ ।

तर अनुसन्धानले बताउँछ कि इयर क्यान्डल्सले कानको फोहोर सफा गर्न असरदार छैन र यसले खतरा हुनसक्छ ।

यसले कान र अनुहार जल्न सक्छ । यसमा मैनबत्तीको मैन कान नलीसम्म पुग्न सक्छ र कानको जालस्लाई हानी पुर्याउन सक्छ ।

इयर ड्रप्सः

धेरैजसो मानिसहरु इयर ड्रप्सको प्रयोग कान सफा गर्नका लागि पहिलो विकल्पको रुपमा गर्ने गर्छन् । यी इयर ड्रप्सले कानको फोहोरलाई यति नरम बनाइदिन्छन् कि यो आफैं बारिह निस्कन थाल्छ ।

बजारमा विभिन्न प्रकारका इयर ड्रप्स भेटिन्छन् । यसमा हाइड्रोजन पेरोक्साइड, सोडियम बाइकार्बोनेट वा सोडियम क्लोराइडजस्ता तत्व राखेर इयर ड्रप्स बनाइन्छ ।

यद्यपि, यी इयर ड्रप्स प्रभावशाली हुनसक्छन् तर केही मामिलामा संवेदनशील छाला भएका मानिसहरुमा यसको प्रयोगले जलनको समस्या देखिएको छ । यसको साटो जैतुन र बदामको तेलका केही थोपा अन्य महँगा उत्पादनजस्तै असरदार मानिन्छ ।

यदि तपाईं जैतुन वा बदामको तेललाई कानेगुजी नरम बनाउनका लागि प्रयोग गर्न चाहनुहुन्छ भने आफूलाई मनपर्ने तेललाई हल्का तातो पार्नुहोस् र आफू कोल्टो परेर सुत्नुहोस् ।

तेलको तापक्रम तपार्यंको शरीरको तापक्रमभन्दा धेरै हुनु हुँदैन । त्यसपछि ड्रपरको मद्दतले तेलका केही थोपा कानमा हाल्नुहोस् र कोल्टे परेर नै ५–१० मिनेट सुतिरहनुपर्छ । जैतुनको तेलले तपाईंको कानमा जलन पैदा गर्दैन तर यसले असर गर्न लामो समय लिन्छ ।

यदि तपाईंलाई कान जाम भएको जस्तो लाग्छ भने तेलको थोपाको प्रयोगको प्रक्रिया तीनदेखि पाँच दिन हरेक दिन दुई वा तीन पटक हाल्नुपर्छ ।

पानीले सफाः

यदि तपाईंलाई कानेगुजीको समस्या लगातार भइरहन्छ भने तपाईंको डाक्टरले तपाईंलाई आफ्नो कान पानीले सफा गर्न सुझाव दिन सक्लान् ।

मेडिकल साइन्समा यो तरिकालाई सिरिन्जिङ भनिन्छ । यो तरिकामार्फत् कानको फोहोर सफा गर्नका लागि एउटा सिरिन्जमार्फत् कानको नलीमा पानीको फोहोर हाल्ने गरिन्छ ।

यद्यपि, यो तरिकाले कानेगुजी सफा त हुनसक्ला तर केही मामिलामा यसले समस्या थप्न सक्छ, यहाँसम्म कि कानको जालीसमेत क्षतीग्रस्त हुनसक्छ ।

माइक्रोसक्सनः

कानेगुजीले समस्या दिएका बिरामीका लागि केही मेडिकलले क्लिनिक्स माइक्रोेसक्सनको बाटो पनि छान्ने गर्छन् ।

यो प्रक्रियामा विशेषज्ञ डाक्टरले कानभित्रको स्थिति हेर्नका लागि माइक्रोस्कोपको प्रयोग गर्छन् र एउटा सानो औजारमार्फत् त्यसलाई तान्ने गर्छन् ।

यो तरिका निकै सुरक्षित मानिन्छ र कानबाट नियमित रुपमा हुने श्रावको मामिलामा पनि यो असरदार मानिन्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.