सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलाई भोट नहाल्नेलाई पनि साथमै लिएर पार्टी सञ्चालन गर्नेछु : शेरबहादुर देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताउनु भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताउनु भएको हो ।

उहाँले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उहाँले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु’ सभापति देउवाले भन्नु भयो,’महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलब छैन । म सबैको सभापति हुँ । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु ।’

Dirghayu Ads

सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पनि धन्यवाद दिनु भयो । उहाँले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई पनि ज्ञापन गर्नु भयो । त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्ने कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरि दिएको स्मरण गराउनु भयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.