सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालिएको छ : विपद् प्राधिकरण

65
Sana Kishan

सरकारले शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालेको जनाएको छ ।

जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ अनुसार नै तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Arus

प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईका अनुसार सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको छ ।

Nepali Khaja

पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण सङ्कलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने प्रतिकार्य मार्गदर्शनमा उल्लेख छ ।

Karnali Traders

त्यही अनुसारको तयारी थाल्न जिल्ला र पालिकालाई आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा.भट्टराईले बताउनुभयो । जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई तोकिएको छ ।

देशभर चिसो बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.