सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित

44
Sana Kishan

देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ ।

Arus
Karnali Traders

केही स्कुल पनि बन्द गरिएको छ । यस्तै दोलखाको कालीञ्चोक लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । जनजीवन केही प्रभावित भएको तर पर्यटकको सङ्ख्या बढ्ने भएकाले व्यवसायी उत्साहित छन्। कालीञ्चोकमा मन्दिर दर्शन तथा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन् ।

Nepali Khaja

यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ ।खुम्बुक्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले जनजीवन कष्टकर बनेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने किसानको भनाइ छ।  उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.