सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा : अध्यक्ष रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।

बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको सिंहको भनाइ छ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सिंहले तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन नसकेको बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुई वर्ष कोरोना महामारीको कारण काम भएन तर अन्य खर्च हुने गरेको तर खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरूले चरम आर्थिक अभाव झेल्नु परेको अध्यक्ष सिंहको भनाइ छ। पछिल्लो समय बैंकबाट एक दुई लाख कर्जासमेत पाउन मुस्किल भएको उनले बताए।

‘निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको छ तर सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन पाँच प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरियो’ सिंहले भने, ‘सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने र निर्माण कार्य पनि अगाडि बढेर अर्थतन्त्र चलायमान हुने थियो।’

अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने दाबी गरे। उनले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताए। उनले विकास निर्माणको काम गति दिनेबित्तिकै रोजगारी सृजना समेत हुने बताए। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.