सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कांग्रेसलाई आधुनिक पार्टी बनाउँछौँ : नेता डा. प्रकाशशरण महत

51
Sana Kishan

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित बनाउने बताउनुभएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताउनुभएको हो । उहाँले कांग्रेसलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नेता महतले आम चुनावमा पार्टीलाई एक बनाएर एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकाले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।

Arus

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीलाई एउटा बलियो पार्टी, विस्तारित पार्टीका रूपमा रूपान्तरण गर्ने हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहन्छौँ । उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम चुनावमा पनि पार्टीलाई एक बनाएर नेपाली कांग्रेसलाई एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनु छ । नेता, कार्यकर्ताको सहयोगमा म कांग्रेसलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिबद्धता जनाउँछु ।’

Nepali Khaja
Karnali Traders

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको बताउनुभयो । उहाँले आउँदा दिनमा पार्टीमा रहेका कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताउनुभयो । नेता पौडेलले वीपी कोइरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताउनुभयो ।

नेता पौडेलले नेपाली कांग्रेसभित्र वृहत् एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरूको भावनालाई प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.