सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउन सभापतिमा उम्मेदवारी दिएको हुँ : प्रकाशमान सिंह

40
Sana Kishan

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढङ्गले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको हो ।

Arus
Karnali Traders

उहाँले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानल नै विजयी हुने दाबी समेत गर्नु भयो । नेता सिंहले भन्नु भयो, ’पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्न पार्टीलाई शुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ ।’

Nepali Khaja

नेता सिंहले १३ औँ महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.