सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

टोयोटा नेपालले लन्च गर्‍यो राइज, यस्ता छन् विशेषताहरु

96
Sana Kishan

नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. ले नयाँ ए एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ ।

नेपालमा निकै सफल रहेको टोयोटाका एसयूभी मोडलहरूमा नयाँ थपिएको राईज पनि निकै आकर्षक साबित हुने देखिन्छ । कम्प्याक्ट एसयुभी सेगमेन्टको बढ्दो माग सँगै टोयोटाले ग्राहकहरुका लागि उत्कृष्ट मोबिलिटी सोल्युसन ल्याएको छ जसमा ग्राहकले आरामदायी र सुरक्षित अनुभव गर्न सक्नेछन् ।

Arus

युटिएसका जेनेरल म्यानेजर महेश कुमार एमले बताए अनुसार, “टोयोटा राइज, टोयोटाको किउडिआर (त्तम्च्ः क्वालिटी, डिउराबिलिटि र रिलाइबिलिटि) को एक प्रतिबिम्ब हो ।” राइजलाई एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कारको रूपमा ब्याख्या गर्न
सकिन्छ। साइजमा सानो भएता पनि यसमा रहेको २०० एमएम ग्राउण्ड क्लियेरेन्स, ४.९ मिटरको टर्निङ्ग रेडियस, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङ्ग लगायतका फिएचरले गर्दा यसलाई सो क्लास कै उत्कृष्ट मध्येको एक बनाउदछ । भर्खरै मात्र तयार भएको
इन्लाइन ३ सिलिन्डर १.२ लिटरको पेट्रोल इन्जिनले टप लेबेल को एक्सेलेरेसन प्रदान गर्दछ भने राइज अटोमेटिक भेरिएन्टमा रहेको ऋत्ख् गियर बक्सले आरामदायी यात्राको अनुभव प्रदान गर्दछ ।

Nepali Khaja
Karnali Traders

यसमा रहेको १७ इन्चको टायरले निकै पावरफुल महसुस गराउनुका साथै गाडीको स्थिरतामा समेत मद्धत गर्दछ । त्यस्तै, राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेन्मेन्टको लागि एप्पल कारप्ले र एण्डरोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ । सुरक्षाको हिसाबले पनि राइज निकै फिएचरहरूले भरिपूर्ण रहेको छ । गाडीमा रियरभिउ क्यामेरा जडित रहेको छ भने अगाडी र पछाडी दुई–दुई वटा सोनार सेन्सर रहेको छ । त्यस्तै गाडीमा एबिएस, भेहिकल स्टाब्लिटि कन्ट्रोल, हिल एस्सिस्ट कन्ट्रोल लगायतका अत्याधुनिक
फिएचरहरू समेत रहेको छ जसले गाडीलाई झनै सुरक्षित र भरपर्दा बनाउदछ ।

राइज नेपालमा चार वटा भेरिएन्टमा उपलब्ध छ, १÷२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक जसको मूल्य ६६ लाख देखि ८६ लाख सम्म रहेको छ । राइजको बिक्रि आजदेखि नेपाल भरि आधिकारिक रूपमा शुरू गरिएको छ । उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.