कन्चन्पुर – जिल्लको कृष्णपुर नगरपालिकामा नगर स्तरिय किशोरी संजाल गठन गरिएको छ। शनिबार निड्स नेपाल र केयर नेपालको सहयोगमा तथा बेदकोट नगरपालिकाको नगर किशोरी संजालको सहकार्यमा किशोरी संजाल गठन गरिएको हो।
नगरपालिकाका ९ वटै वडाहरु बाट ४–४ जना किशोरी प्रतिनिधि हरुलाई घरैबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं“ भन्ने मुल नाराका साथ किशोरीहरुको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर हमाल, उपप्रमुख रमिता राना र महिला तथा बालबालिका साखा प्रमुख चत्रदा तिमिल्सिनाको सहभागिता रहेको थियो।
अध्यक्ष : दुर्गा धामी
सचिव : प्रतिभा सिहं
कोषाध्यक्ष : मुना भन्डारी
सदस्य : – आरती भन्डारी
– शुभ थापा
– रिता चौधरी
– मनिशा गिरी
– संगिता कैनी
– सुस्मिता चौधरी
– पुर्णिमा भट्ट
– दिविसा भट्ट
– बर्षा महरा