सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुगुल्डी वाङमय प्रतिष्ठानको दोस्रो साधारणसभा सम्पन्न

प्रकाश भट्ट

गुगुल्डी वाङमय प्रतिष्ठानको दोस्रो साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। शनिबार गुगुल्डी वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष वीर बहादुर चन्द विश्रामको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम विश्वविद्यालयका पुर्व डिन डा. टेकराज पन्त रहनु भएका थिए ।

सुदुरपश्चिम क्षेत्रको डोटेली भाषा तथा कला संस्कृतिको जगेर्नाको निम्ति निरन्तर रुपमा कार्य गरिरहेको डोटेली भाषाको मासिक पत्रीका गुगुल्डी बिगत २५ बर्ष देखि निरन्तर प्रकाशनमा आइरहेको छ। आजको मिति सम्म आइपुग्दा गुगुल्डीले आफ्नो २९१ वाँ अंक प्रकाशित गर्न सफल भएको छ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

कल्यान ओझा, पचंराम भट्ट तथा नारा जोशी अतिथिको रुपमा रहनु भएको उक्त कार्यक्रमको सुरुवात कबिराज भट्टको स्वागत मन्तब्य बाट भएको थियो। उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव जगदिश ओझाले गरेका हुन।

Sana Kishan

प्रतिष्ठानको दोस्रो साधारणसभा बाट नयाँ कार्य समिती चयन गरिएको छ।

अध्यक्ष – वीर बहादुर चन्द बिश्राम
उपाध्यक्ष – लक्ष्मि प्रशाद भट्ट
महिला उपाध्यक्ष – हिरा जोशि भट्ट
सचिव – जगदिश ओझा
सह सचिव – रमेश पन्त मितबन्धु
कोषाध्यक्ष – नरेन्द्र चन्द
सदस्य – कवि राज भट्ट
– अमित प्रशाद भट्ट
– डम्बर दत्त शर्मा बडु ऐना
– राजेन्द्र बहादुर चन्द
– गोबिन्द सिह बिष्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.