सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम पूर्वानुमान महाशाखा : सामुन्द्रिक चक्रवातको प्रभावले सोमबारसम्म वर्षा र भारी हिमपात हुनसक्ने !!

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

जारी बुलेटिनमा भनिएको छ,‘बंगालको खाडीको मध्य पश्चिम भु–भागमा शुक्रबारबाट जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। चक्रवात शनिबार बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्वतर्फ सर्ने देखिएको छ।’

चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेतापनि यसको अप्रत्यक्ष प्रभावले शनिबार रातीबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ।

Dirghayu Ads

आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

जारी बुलेटिनमा भनिएको छ,‘सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राती र सोमबार दिउँसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु)भागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातीबाट कमजोर बन्दै जाने सम्भावना रहेको छ।’
महाशाखाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.