सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी घरमा बाह्रैमास ढकमक्क फूलहरु फूलाउने ?

बिहान उठ्नसाथ ढकमक्क फूलहरु फुलेको देख्दा कस्तो हुँदो हो ? आफुले धेरै समय विताउने घर–आँगनमा रंगबिरंगी फूलहरु हावामा बयेली खेलिरहेको दृश्य कति मनमोहक हुँदो हो ? फूलहरुमा भँमरा वा पुतलीहरु खेलिरहेको देख्दा कति रमाइलो हुँदो हो ?

वास्तवमा फूलको सौन्दर्यले हामीलाई मोहित तुल्याउँछ । तनाव भुलाइदिन्छ । मनमा सकारात्मक उर्जा पैदा गरिदिन्छ । ढकमक्क फुलेका फूलहरुको सौन्दर्यले हामीमा खुसी संचार गराइदिन्छ । एक हिसाबले भन्ने हो यो प्राकृतिक उपचार पनि हो ।

आफु बसेको स्थानमा फूल रोप्नु, फुलाउनेको फाइदा यतिमा मात्र पनि सीमित छैन ।

World Link Ads
Mahakali Polytechnic

फूलको सौन्दर्यले मनलाई आनन्दित तुल्याउँछ । खुसी ल्याउँछ । तनाव कम गर्छ । फूल रोपेपछि रेखदेख, गोडमेल, सिंचाई गर्नुपर्छ । यसले शरीरलाई सक्रिय बनाउँछ । फूल रोप्ने, स्यहार्ने क्रममा शरीर चलायमान हुन्छ । शरीरको व्यायाम हुन्छ ।

फूल रोप्ने, फूलाउने कुराले हामीमा उत्साह ल्याउँछ । उत्साहले जीवनलाई उर्जावान् बनाउँछ । मन बहलाउने बाहना हुन्छ । दिक्क लागेको बेला, काममा मन नगएको बेला, मनमा अनेक कुरा खेलिरहेको बेला फूलहरु स्यहार–सुसार गरेर मनलाई शान्त तुल्याउन सकिन्छ ।

फूल ढकमक्क फुलेको छ भने आगन्तुकहरु रमाउँछन् । आफ्नै बालबच्चाले पनि रमाइलो मान्छन् । फूलबारी बनाएपछि सरसफाईमा ध्यान दिइन्छ । घर आसपासको क्षेत्र सफा हुन्छ । वातावरण स्वच्छ हुन्छ ।

भान्साबाट निस्कने जैविक फोहोर–मैलालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । त्यस्ता फोहोर–मैलालाई प्लाष्टिकको भाँडो वा खाल्डोमा कुहाएर फूलको लागि मल बनाउन सकिन्छ ।

हामीलाई पूजापाठ, बिहेकार्जे जतिबेला पनि फूलको आवश्यक पर्छ । त्यस्तो अवस्थामा फूलको अभाव झेल्नुपर्दैन ।

कहाँ रोप्ने ?

गाउँमा फूलबारी बनाउने पर्याप्त ठाउँ हुन्छ । त्यसैले ग्रामिण भेगमा फूल रोप्नु, फूलबारी बनाउनु समस्या हुँदैन । मनग्ये ठाउँमा फूलबारी बनाउँन सकिन्छ । फूलबारी बनाएपछि मौरीको घार पनि राख्न सकिन्छ । फूलबारी मौरीको लागि राम्रो चरन बन्छ ।

Sana Kishan

शहरी क्षेत्रमा कतिपयले घर निर्माण गर्दा बगैंचाको पनि ठाउँ छुट्याएर राखेका हुन्छन् । यदि बगैंचा नभएपनि बार्दली, कौसी, छत जहाँ पनि फूल रोप्न सकिन्छ । फूल रोप्न, फुलाउनका लागि आफ्नै घर हुनुपर्छ भन्ने छैन । डेरामा बसिएको छ भने पनि आफुलाई अनुकुल हुने स्थानमा फूल रोप्न सकिन्छ ।

झ्यालको आसपास, कौसी वा घरभित्रकै खुला स्थानमा पनि फूल रोप्न सकिन्छ । यद्यपी घरभित्र रोपिने फूलको प्रकृति अलि फरक हुन्छ । साथै त्यस्ता फूललाई बढी स्यहार पनि गर्नुपर्छ ।

फूल रोप्नका लागि वार्दली, कौसी एवं छतको अभाव भएमा ह्यागिङ प्लान्टहरु रोप्न सकिन्छ ।

कसरी रोप्ने ?

पर्याप्त खुला ठाउँ वा बगैंचा छ भने आफैले डिजाइन गरेर फूल रोप्न सकिन्छ । त्यस्तो ठाउँ नभए गमलामा फूल रोप्न सकिन्छ । फूल रोप्नका लागि मलिलो माटो चाहिन्छ । माटो र मललाई मिश्रण गरेर गमला भर्ने, त्यसमा फूल रोप्ने । गमला राखिएको ठाउँमा सिंचाई गरिरहनुपर्ने भएकाले गमला राखिने ठाउँ अलि व्यवस्थित हुनुपर्छ ।

फूल रोपेपछि त्यसको रेखदेख गरिरहनुपर्छ । उचित समयमा सिंचाई गर्ने, मल लगाउने, गोडमेल गर्ने, झार उखेल्ने, किराबाट जेगाउने गर्नुपर्छ ।

कस्तो फूल रोप्ने ?

संभव भएसम्म सदावहार फूल रोप्नु राम्रो हुन्छ, जो बाह्रैमास हरियो देखियोस् । बाह्रैमास फूलिरहोस् । त्यस्ता प्रजातिका फूलहरु पनि हुन्छन् । यस्ता फूलहरु जुनसुकै महिनामा पनि फुलाउन सकिन्छ ।

मौसमी फूलहरु पनि रोप्न सकिन्छ । यसका लागि आफैले बिऊ बिजन राख्न सकिन्छ वा नर्सरीबाट ल्याउन सकिन्छ । तर, कुन सिजनमा कुन फूल रोप्ने भन्ने कुराको भने जानकारी हुनुपर्छ । जाडो, गर्मी, झरी सिजनमा फुल्ने भिन्न भिन्नै प्रकृतिका फूलहरु हुन्छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.