सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा वागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको हो ।

जितसँगै समूह चरणमा सुदूरपश्चिमले ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो । यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाएर केवल ९५ रन मात्रै जोड्न सक्यो । वागमतीका लागि विवेक मगरले ७५ बलमा ३२ रन बनाउनु सर्वाधिक रह्यो ।

त्यस्तै कृष कार्कीले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमशः ५ र ४ विकेट लिएका थिए। जवाफी इनिङ सुरू गरेको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुदूरपश्चिमको जितमा नरेश भट्ट र राहुल भण्डारीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टीमलाइ जित दिलाए । भट्टले ५८ बलमा ३७ रनको अविजित इनिङ खेल्दा भण्डारीले ३९ बलमा ३१ रन बनाए । कप्तान खडक बोहोरा ५ रनमा आउट हुँदा बसन्त कार्की ११ रन बनाएर पेभिलियन फर्किएका थिए । बागमतीका लागि प्रतिश जिसी र गौतम केसीले समान १÷१ विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ । अब सुदूरपश्चिमले लुम्बिनीसँग आइतबार त्रिवि मैदान कीर्तिपुरमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.