सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट बलायर उम्मेदवार

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले मागेको पद दिन संस्थापन समूह तयार नभएपछि दुई पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने भएका हुन् । दुबै पक्ष बलायरलाई सर्वसम्मत सभापति बनाउन तयार भएपनि पदाधिकारीमा कुरा नमिलेको बताइएको छ ।

Sana Kishan

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन् । सभापतिका उम्मेदवार बलायरले अनलाइनखबरसँग भने, ‘नेताहरु सबैको जोड तपाई नै सभापति लड्नुपर्छ भन्ने रह्यो । मैले पनि यसलाई स्वीकार गरेको छु । अब सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन सक्रिय हुन्छु ।’ संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

World Link Ads
Mahakali Polytechnic

शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । प्रदेश अधिवेशन बहीबार प्रदेश अधिवेशन उद्घाटन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ । अनलाइनखबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.