सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाडीको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका –१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sana Kishan

गाडीको ठक्करबाट घाइते भएका ती युवकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको र उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवकको पहिचान नखुलेको र गाडी तथा चालकको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.