सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ का १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताए ।

Sana Kishan

यस्तै जिपमा सवार अन्य ७ जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा १० जना सवार रहेका बताइएको छ । जिप चालक भने फरार रहेका छन् । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.