सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज साताको पाँचौ दिन (बिहीबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

बुधबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो।

सुनको भाउ स्थिर रहेपनि आज चाँदीको भाउ भने घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १९० रुपैयाँ रहेको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.