सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आज बुधवारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कुल एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औसतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट औसतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । आजसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले बिहीवारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशनपछि मात्र हुने समितिले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बिहीवारदेखि सुरु हुँदै प्रदेश अधिवेशन

समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, त्यही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँच÷बुझ गर्ने र मङ्सिर १७ गते २ बजे त्यसमाथि निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मङ्सिर १७ दिउँसो २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, त्यही दिन बेलुका साढे ६ बजे मनोनयन फिर्ता लिने, बेलुका साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.