सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज साताको चौथो दिन (बुधबार) झन् घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

132
Sana Kishan

साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् ओरालो लागेको छ।

मंगलबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Arus

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

Nepali Khaja
Karnali Traders

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २०० रुपैयाँ रहेको छ। मंगलबार चाँदी प्रतितोला रु एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.