सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडी “ख” को क्षेत्रीय सदस्यमा अनिल कुमार विष्ट मनोनित !

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बैतडीको प्रदेश सभा “ख“ अन्तर्गत क्षेत्रीय सदस्यमा अनिल कुमार विष्ट मनोनित भएका छन्। नेपाली कांग्रेस बैतडी प्रदेश सभा “ख“ का नव निर्वाचित सभापति शिवराज भट्टले आज विष्टलाई मनोनीत गरेका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) परिच्छेद ३ धारा १० को उपधारा ४(ख) बमोजिम उहालाई मनोनयन गरिएको कांग्रेस बैतडी क्षेत्रीय कार्ययसमितिका सचिव धनबहादुर क्षेत्रीले बताएका छन्।

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने लोकतन्त्र कमजोर भए जनता कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउँदै जनतालाई बलियो बनाउँदै जनताकै हितका लागि सदस्य पदमा मनोनयन लागि ईच्छा प्रकट गरेको उहाँले बताउनुभयो । ‘मैले साथिभाई पार्टीपङक्ति एव आम जनताको साथ सर्मथनछ, ‘उहाँले भन्नुभयो ‘सबैलाई एक ढिक्का बनाएर अघि बढ्छु, ‘म पार्टीभित्र देखिएको गुट उगपुटको बिरोधी हुँ, बिरोध पनि गर्छु, ‘उहाँले भन्नुभयो, ‘खास गरेर मेरो मानोनयन काँग्रेसलाई जनताको घर घरमा पुर्याउदै पार्टीलाई चलायमान गर्नका लागी हुन्छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

डेढ दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका युवा नेता विष्टले पहिलो पटक क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनित भएका हुन् । २०६३ साल देखि नेविसंघ राजनीतिमा होमिएका विष्ट दार्चुला,बैतडी,कञ्चनपुर सम्म सहयोगी रूपमा देखिनुहुन्छ ।

Dirghayu Ads

२०६३ सालमा गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रूपमा राजनीतिक यात्रा तय गरेका विष्टले दार्चुलाबाट ने वि संघ जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि, नेपाल संस्कृतिक संघ केन्द्रीय प्रतिनिधिको भूमिका समेत निर्वाह गरि सक्नु भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.