सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दश वर्षदखि अँध्यारो गोठमा कैद गरिएकी बैतडीकी शान्ति सुनी

तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेको छ।

बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचार गराउन नसक्दा घरपरिवारले आरनमा बनाएको हतकडी र गोडामा जन्जीर लगाएर अँध्यारो गोठमा राख्दै आएका छन् ।

गरिब तथा विपन्न दलित घरपरिवारकी शान्ति सुनीको १६ वर्षअघि बैतडीकै उदयदेवबाट विवाह भएको थियो । शान्तिका तीन छोराछोरी छन् । घरमा खान लगाउन नपुगेपछि शान्तिका श्रीमान् रोजगारीको क्रममा भारतमा रहेको परिवारले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

शान्ति सुनीलाई घरका जेष्ठ सदस्य ससुरा नाता पर्ने ७० वर्षका काशी सुनीले खाना गोठमै दिने गर्नुभएको छ ।

Dirghayu Ads

“बुहारीको उपचार गर्न खर्च छैन । साँझ–बिहानको छाक टार्न पनि मुश्किल छ,” ७० वर्षीय सुसुरा काशी सुनीले भन्नुभयो, “ खेतबारी केही छैन । भएको घर पनि पहिरोको जोखिममा छ । छाक टार्न समस्या भएपछि छोरा भारतमा मजदुर गर्दैछ । गाउँमा कुनै रोजगारी छैन । नातिनातिना कसरी पढाउने ? भन्ने अर्को चिन्ता छ ।”

१० वर्षदेखि अँध्यारो गोठमा बर्बराउँदै आइरहेकी शान्ति सुनीको उपचार गर्न नसक्दा साह्रै पीडा भइरहेको शान्तिका ससुरा काशी सुनीले गुनासो गर्नुुभयो ।

Sana Kishan

शान्ति सुनीकी दुई छोरी मध्ये जेठी हरिना सुनी कक्षा ७ मा पढ्छिन् भने कान्छी छोरी असिना सुनी कक्षा दुई र १० वर्षका छोरा तस्बिर सुनी कक्षा तीनमा पढ्छन् ।

उनीहरुसँग कापी कलम र विद्यालय जाने पोशाकसमेत नभएको ७० वर्षीय हजुर बुवा काशी सुनीले पीडा सुनाउनुभयो ।

“दैवले त ठगेकै थियो, त्यसमाथि बाढी पहिरोका कारण ओत लाग्ने घर पनि पहिरोको जोखिममा परेको छ” ७० वर्षीय काशी सुनीले भन्नुभयो, “दुई जना बुढाबुढीको भरमा तीन नाती नातिना र मानसिक रोगी बुहारी छिन् । परदेश गएको छोरा घर फर्किदिए सबैको जिम्मा लगाउन हुन्थ्यो ।”

बुहारीको उपचारका लागि स्थानीय सरकारसँग हारगुहार माग्न वडा कार्यालय धाए पनि जनप्रतिनिधि भेट्न नसकेको उहाँले बताउनुभयो ।

शान्तिको उपचारका लागि नगर कार्यपालिकाको बैठकमा कुरा उठाउने मेलौली नगरपालिकाका उप प्रमुख राधा ओझाले बताउनुभयो ।

उप प्रमुख ओझाले भन्नुभयो,“शान्तिको विषयमा अहिलेसम्म थाहा पाउन सकेनौं । के कस्तो अवस्था रहेछ वडा अध्यक्षलाई बुझेर उपचारका लागि आवश्यक पहल चाल्नेछौं ।” गोकर्ण दयालले गोरखापत्र अनलाइनमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.