सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के तपाईं छाला चम्किलो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय !!

उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन । अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।

छालाको सौन्दर्य जोगाउने प्राकृतिक विधी भनेको, शरीरमा पानीको कमी हुन नदिनु हो । यसका लागि केहि सर्त आवश्यक छ । जस्तो,१. पर्याप्त मात्रामा पानी वा झोल पदार्थ पिउने ।२. अनुहार एवं छालाको सरसफाईमा खास ध्यान दिने ।३. सन्तुलित खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा, सागसब्जी, फलफूल, सलादको सेवन गर्ने ।४. प्राकृतिक वा घरेलु सौन्दर्य प्रसाधनको प्रयोग गर्ने ।

साथै अन्य घरेलु उपायहरु पनि अपनाउन सकिन्छ ।घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ।अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुनेआदि समस्या पनि कमहुन्छ।साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ।साथै डन्डीफोरलाई पनि हटाउँछ।यसका लागि नुहाउनुभन्दा आधाघण्टा अघि पानीमा नीमपत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ।सुन्दर बन्न छालामा बेसार दल्ने चलन धेरै तिर छ।बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ।दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ।

Dirghayu Ads

छालामा जम्मा भएका विषाक्त पदार्थलाई चन्दनले हटाउने गर्छ र छालालाई सफा, चम्किलो राख्छ। चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ।गुलाब मा भिटामिन–सी प्रशस्त पाइन्छ।त्यही भएर गुलाबजल सुत्नुअघि अनुहारमा दल्नाले डन्डीफोर, पोतो लगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ। gnewsnepal.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.