सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विहानै घरमा गर्नुहोस् यी काम दिनभरि दिन्छ सकारात्मक ऊर्जा !!

70
Sana Kishan

कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्विकार गर्नेहरु धेरै छन् । कतिपय भन्छन् यी आडम्बरका कुरा हुन् । पुरानो सोच हो । तर, वास्तु शास्त्र एक विज्ञान हो । विज्ञान सम्मत बास्तुको प्रयोग गरे घर अफिस वा तपाईको यात्रा सहज सफल र शुभ हुन सक्छ ।

वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । यद्यपी उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के रहन्छ भन्ने कुरा केलाउन सक्नुपर्छ ।
नेपालीहरुले पुस्तौं युगौंदेखि गर्दै आएको विहान उठेर नित्यकर्म सकेपछि पूजापाठ गर्ने मठमा पानी चढाउने शंख घण्टी बजाउने वा पिपलको रुखमा पानी चढाउन जाने यी सबै कुनै न कुनै रुपमा वास्तु विज्ञान नजिक थिए

Arus

मन्त्रोच्चारण गर्नु जप तप ध्यान गर्नु आफैंमा एउटा व्यायाम त छ नै यसले राम्रो योग भइरहेको पनि हुनछ । सारा तनावबाट मनको शुक्तिकरण र तनाव मुक्त भइरहेका हुन्छौं । सकारात्मक सोचको विकास, मन शान्त, खुसी त अवस्य नै हुन्छ नै ।

Nepali Khaja

जसले फलतः दिनभर यसको सकारात्मक भाव हामीभित्र पाउँछौं । अब तपाई आफूलाई सकारात्मक सोच र खुशी बनाउन विहानैदेखि आफूलाई बदल्न सक्नुहुन्छ । यी टिप्सहरुले सहयोग पुग्न सक्छ जसले तपाईको जिवन बदल्न मद्धत गर्दछ ।

१ विहानीले दिनको संकेत गर्दछ ।विहानीले दिनको संकेत गर्दछ । वास्तु शास्त्र अनुसार हामीले विहानीलाई आनन्तमय बनाउन सक्यौं भने दिनको सुरुवात नै राम्रो ढंगले वित्छ । मनमा शान्ति छाउँछ । परिवारमा सुख आउँछ ।बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौं, त्यही अनुरुप हाम्रो दैनिकी गुज्रन्छ । यसर्थ दिनको सुरुवात सही ढंगबाट गर्नुपर्छ, जसले उत्साह, उमंग र उर्जा जागिरहोस् ।

जस्तो बिहान उठ्नसाथ तपाईंले बाथरुम छिर्नुभयो, फ्रेस हुन नपाई ट्यांकीमा पानी सकियो । नतिजा के हुन्छ, तपाईको मुड खराब । यसको राप त्यही क्षण सेलाउदैन, बरु दिनभर नै रहन्छ ।वास्तुशास्त्रले भन्छ, पारिवारिक अशान्तिको कारण भनेकै गलत तरीकाले दिनको सुरुवात गर्नु हो ।

यसैले तपाईले के गर्ने के नगर्ने आफूलाई तनाव नहुने विषयबाट शुरु गर्नुस् । त्यसको विचार अगाडी नै गर्नुस् । वास्तु अनुसार दिनको सुरुवात सही ढंगले गर्नर्का लागि बिहान के के गर्नु हुन्छ, के कस्ता काम गर्नु हुँदैन भन्ने जानकारी राख्न जरुरी छ ।

२ शयन कक्षमा ऐना राख्नु ठीक की बेठीक ?कतिले शयन कक्षाको सामुन्नेमा ऐना राख्ने गर्छन् । ठूलो ऐना राख्ने विहानै उठ्ने वित्तिकै ऐना हेर्ने आफूलाई नियाल्ने गर्दछन् । तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन भनेको छ ।

Karnali Traders

३ विहानै कस्ता व्यक्तिको अनुहार हेर्ने ? बिहान कसको अनुहार हेरिएछ, पुरै दिन खराब भयो’,भन्ने हाम्रो चलन छ । यस्तो बोल्नु भन्दा पनि उठ्ने वित्तिकै अन्य व्यक्तिको अनुहार हेरेमा उनीहरुको नकारात्मक उर्जा तपाईमा पर्ने बास्तुले भनेको छ । यसैले ऊर्जा प्राप्त हुने विषयमा तपाईले पहिले दृष्टि गोचर गर्नु राम्रो हुन्छ ।

४ विहानै खराव बोल्नु तिखो बोल्नु लडाई झगडा गर्नु के राम्रो हो ?दिनको सुरुवात राम्रोसँग गर्ने भन्ने तर, विहानै मुड खराव हुने गरी झगडा गर्ने नमिठो बचन गर्नु के राम्रो हुनसक्छ । र? यसैले यस्ता विषयलाई टाढै राख्नुपर्दछ । कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन ।

५ के तुलसीलाई जल चढाउने सुखी हुन्छ ?के घरमा तुलसी लगाउनु विहानै जल चढाउने व्यक्ति खुशी हुन्छन् ? तपाईलाई ज्ञान होला घरमा तुलसी रोप्नु धार्मिक दृटिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक छ । बाताबरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा बृद्धि हुन्छ भनेको छ शास्त्रमा ।

विज्ञानले पनि शुद्ध विरुवा लाभदायक भनेको छ । जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुने भनेको छ। तपाईलाई अरु विस्वास नलागेपनि तुलसी औषधिय गुणले यूक्त वातावरण स्वच्छ राख्ने विरुवा हो यसैले आजै लगाउनुस् प्रयोग गर्नुस् ।
यसले घरमा सकारात्मक उर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

६ दियो बालेर सकारात्मक ऊर्जा कसरी हुन्छ ? घरमा विहान सबेरै दियो बाल्नाले सकारात्मक उर्जाको पवेश हुन्छ। दियो आफैं ऊर्जाको श्रोत हो । बास्तुले भनेको छ,पैसा सम्बन्धि समस्या समेत हटेर जन्छ । यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्य द्धारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ ।

ठ.के विहानै अचेल युवावर्गले माता पिताको खुट्टा ढोग्ने गर्छन् ? मातापिता भनेको जगतजननी हुन् । उनीहरुमा दिव्य शक्ति हुन्छ । र, उक्त दिव्य शक्ति मातापिताद्धारा नै प्राप्त गर्न सकिने हुदाँ त्यसलाई हासिल गर्न पनि मातापिताको खुट्टा ढोग्नु पर्छ।

पहिले योच चलन थियो । तर, बदलिदो समाजले यस्ता कृयाकलाप युवावर्गमा हराउँदै गएको छ । वास्तुले यस्तो गर्नु भनेको छ । , मातापिता प्रति सम्मान प्रकट गर्नु । आर्शीवाद प्राप्त गर्नु । भगवानको स्मरण गर्नु । यसले घरमा सकारात्मक माहोल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ । gnewsnepal.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.