सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

के तपाईं तनावमा हुनुहुन्छ ? देखिन्छन यस्ता लक्षण !!

52
Sana Kishan

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ ।

कपाल झर्नुः तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

Arus

तौल बढ्नु वा कम हुनु : तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।

Nepali Khaja
Karnali Traders

कामेच्छामा परिवर्तनः तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।

निद्राको कमीः निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

मूड परिवर्तनःकुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ । gnewsnepal.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.