सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेप्सेको ओरालो यात्रा रोकिएन, आज साढे २१ अङ्कले घट्यो

38
Sana Kishan

शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि घटेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

Arus
Karnali Traders

आज दुई सय २८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर चार अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

Nepali Khaja

आज आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले तथा चन्द्रागिरि हिल्स र महालक्ष्मी विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.