सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी : सडकमाथिबाट खसेको पहिरोले जिपमा क्षति पुग्यो

423
Sana Kishan

बैतडी – बैतडीमा सडक खन्दै गर्दा माथिबाट खसेको पहिरोले जिपमा क्षति पुर्याएको छ । महाकाली कोरीडोर अन्तर्गत पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा सडक निर्माण गर्ने क्रममा आज बिहान माथिबाट खसेको पहिरोले म १ ज ३३१ नम्बरको जिपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

सडक निर्माणका लागि डोजर बोकेको टेलर बीचबाटोमै बिग्रेको र बाटो खुलाउनका लागि डोजरले सडक खन्दा पछाडि रहेको जिपमा पहिरो खसेको प्रहरी प्रवक्ता खड्काले बताए ।

Arus
Karnali Traders

जिपको अगाडिको भागमा माथिबाट पुरै माटो खसेकाले जिपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सो दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालकलाई समान्य चोट लागेको स्थानीय जय चन्दले जानकारी दिए ।

Nepali Khaja

जिप जन्ती ल्याउनका लागि गाउँ गईरहेको जनाइएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.