सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

काठमाडौंमा यस वर्षकै चिसो, तापक्रम ७.१ डिग्री सेल्सियसमा झर्‍यो

34
Sana Kishan

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले अनलाइनखबरसँग भनिन्, ‘मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ डिग्री सेल्सियस तापक्रम छ । चिसो अब क्रमशः बढ्दै जान्छ ।’

Arus

उनले देशभरका अन्‍य ठाउँहरुमा पनि आइतबार तापक्रम घटेको बताइन् । उनका अनुसार आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले जानकारी दिइन् ।

Nepali Khaja
Karnali Traders

यस्तै जोमसोमको तापक्रम, १ डिग्री सेल्सियस, जिरीको तापक्रम १.५ डिग्री सेल्सियस, डडेल्धुराको तापक्रम ६.२ डिग्री सेल्सियस, लुम्लेको तापक्रम ६.५ डिग्री सेल्सियस, ताप्लेजुङको तापक्रम ७.२ डिग्री सेल्सियस, वीरेन्द्रनगरको तापक्रम ८.७ डिग्री सेल्सियस, र घोराहीको तापक्रम ९.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै बाँकी ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहने मौसमविद् शाक्यको भनाइ छ । केही दिनदेखि धमिलिएको मौसममा भने सोमबारदेखि सुधार हुने उनले बताइन् । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.