सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित

60
Sana Kishan

कञ्चनपुर – नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । बोगटी आफ्ना प्रतिद्धन्दी बहादुर सिंह थापालाई पराजित गर्दै ९१ मतका साथ निर्वाचित भएका हुन् ।

बोगटीले ८ सय ६ मत प्राप्त गर्दा उनका प्रतिदन्द्धी थापाले ७१५ ले मत प्राप्त गरेका छन् ।

Arus

उपसभापतिमा भने थापा प्यानलका उमेदवार मीनबहादुर सिंह ७ सय ८६ मत र हरी चन्द्र राना ७ सय ६३ मतका साथ विजयी भएका छन । यसैगरि सचिवमा थापा प्यानलवाटै भीमराज भट्ट ७ सय २८ मत र हेमराज ओझा ६ सय ९४ मत ल्याएर विजयी भएका छन् ।

Nepali Khaja
Karnali Traders

सहसचिवमा भने थापा प्यानलका नाफु सिंह साउँद निर्वाचित भएका छन् भने बोगटी प्यानलबाका पुस्कल चौधरी निर्वाचित भएका छन् ।

कञ्चनपुरमा जिल्लाको नयाँ नेतृत्वका लागि शनिबार दुई प्यानल चुनाब लडेका थिए । बोगटी रमेश लेखक निकट हुन् भने थापालाई एनपी साउद समूहले सघाएको थियो ।

कूल १ हजार ६ सय १८ मा मतदाता रहेकामा १ हजार ५ सय ७१ मत खसेको थियो । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.