सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशको शानदार जित

काठमाडौं – जारी यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशको शानदार जित निकालेको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै शानदार जित निकालेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६ .५ ओभरमा ६६ रनमा अल आउट भएको थियो ।

कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १५ रन बनाए रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए। कर्णालीका ४ खेलाडीले खातानै खोल्न सकेनन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुदूरपश्चिमका नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए।

Dirghayu Ads

शेर मल्लले ३.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। जवाफी ब्याटिङ थालेको सुदूरले १२।१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो।

सुदूरका कप्तान खडक बहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे। नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे। जारी प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। सुदूरले अब मंगलबार टियुमा गण्डकीसँग खेल्नेछ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.