सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले महाधिवेशन : नामावली तयार गर्दै ओली, सहमति नभएको पदमा चुनाव हुने

41
Sana Kishan

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहनुभएको नेताहरुको भनाइ छ । तर पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ । बन्दसत्र सुरु हुनुअघि नै ओलीले सर्वसम्मत रुपमा नेतृत्वको प्रस्ताव तयार पार्ने नेताहरूले बताएका छन् ।

Arus

हिजो बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ ।

Nepali Khaja
Karnali Traders

दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ । एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् ।

गएको शुक्रवारदेखि सुरु भएको दशौँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.