सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज (आइतबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।

शुक्रबार तोलामा २०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

Dirghayu Ads

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० रुपैयाँ रहेको छ। शुक्रबार चाँदी प्रतितोला रु एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.