सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेताहरु पैसा दिन्छन् भने लिनुहोस तर भोट हाल्दा चाहिँ बिचार गरेर हाल्नुहोस : क्वालिटी

251
Sana Kishan

पछिल्लो समयमा सामाजिक कामबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका सामाजिक अभियान्ता तथा पब्लिक पावर ग्रुपका केन्द्रिय अध्यक्ष भोज राज जोशी (क्वालिटी) ले एक कार्यक्रममा पैसा दिने नेताहरुको पैसा लिनुहोस, खाद्यान्न दिनेहरुको खाद्यान्न लिनुहोस, भोट पनि हाल्छु भन्नुहोस् तर भोट हाल्दा खेरी बुझेर हाल्नुहोस भनेर भनेका छन् ।

उनी भन्छन, नेताहरुले हरेक समय जनतालाई ठग्दै यस्तो उस्तो गर्छु भन्दै प्रलोभन देखाई भोट माग्दै हिड्ने तर काम केही नगर्ने नेताहरूलाई अब जनताले ठग्नु पर्ने बेला आएको छ ।

Arus

जब सम्म हामी जनता सचेत हुँदैनौं तब सम्म हामी बारम्बार ठगिन्छौं हेपिन्छौं र विकास बाट सधैं वञ्चित हुँदै जानेछौं उनी भन्छन् ।

Nepali Khaja

पहिले सोच्नुहोस् कि तपाईंले दिएको एउटा भोटले कतै पुरै गाउँ समाज मा नकारात्मक असर त पर्ने होइन अनि भोट हाल्न अगाडि लम्किनुहोस् ।

Karnali Traders

फेरि पनि उनी भन्छन् एक पटक अवस्य सोच्नुहोस् की जुन मान्छेलाई तपाईं भोट दिँदै हुनुहुन्छ त्यो व्यक्तिले यो भन्दा पूर्व साच्चिकै समाजमा विकासका काम गरेको थियो कि थिएन ।

याद राख्नुहोस् तपाईंको सही निर्णयले समाज बन्न पनि सक्छ समाजमा विकास पनि हुन सक्छ र गलत निर्णयले गलत मान्छेको बचावट हुन गई भविष्यमा ठूलो नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।

आफ्ना भनाइ राख्दै क्वालिटीले भने भोट दिन पाउनु नेपाली नागरिकको अधिकार तर त्यो भोट त्यो ठाउँमा सदुपयोग गर्नुहोस् कि जसले भोलि हाम्रो समाजमा केही नयाँ गर्ने साहस राखेको छ ।

अन्तिममा क्वालिटीले भने जब सम्म हामी जनता सचेत हुदैनौ तब सम्म नेताहरुलाई दोष दिनु बेकार हो। आफ्नो भविष्य हेरेर मतको सदुपयोग हुने गरि मतदान गर्न क्वालिटिले आग्रह गरेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.