सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भगवानलाई चढाइ ओइलाएको फूल नदी वा तलाउमा किन बगाउन हुदैन ?

61
Sana Kishan

भगवानका प्रतिमा र मूर्तिमा फूल चढाउने परम्परा छ । फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ ।त्यही मान्यताका कारण मानिसहरू घरमा बनाएको मन्दिरमा पनि यो पुण्यकर्म गर्छन् । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ ।ओइलाएको फूल नदी वा तलाउमा बगाउने गरिन्छ । तर त्यसो गर्नु हुँदैन ।

नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ ।भगवानलाई चढाएको फूल ओइलाएपछि मन्दिरबाट हटाएर आफ्नो निधारमा टाँस्नुपर्छ अनि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ ।फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ ।रुखमुनि ओइलाएको फूल राख्दा मलखादका काम गर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ ।

Arus
Karnali Traders

भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन ।भगवानलाई चढाएको प्रसाद पनि लामो समय राखिरहनु हुँदैन, भक्तहरूलाई बाँड्नुपर्छ । प्रसाद बाँकी रह्यो भने बिग्रनुअघि नै कुनै गाई वा कुकुरलाई खुवाउनुपर्छ । gnewsnepal.com बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.