सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कांग्रेस बैतडीको सदस्यमा २१ बर्षीया वागमती ऐरी सर्वसम्मत चयन

193
Sana Kishan

बैतडी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको खुल्ला महिला सदस्यमा पुर्चौंडी नगरपालिकाबाट २१ बर्षीया वागमती ऐरी सर्वसम्मत चयन भएकी छिन् ।

पुर्चौंडी नगरपालिकाको खुल्ला महिला कोटाबाट उनी जिल्ला सदस्यका लागि चयन भएकी हुन् । युवाहरुले राजनीति मार्फत समाजसेवामा लाग्नु आवश्यक रहेकाले आफू नेपाली कांग्रेसको राजनीतिमा लागेको उनले बताइन् । उनले भनिन् ‘युवाहरुले राजनीति मार्फत समाजसेवालाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले म राजनीतिमा लागेकी हुँ । अबका दिनमा पनि सबैको सहयोग पाउने आसा गरेकी छु ।’

Arus
Karnali Traders

महिलाहरुको राजनीतिमा पहुँच बढाउनका लागि आफू खुल्ला महिला सदस्यका लागि उम्मेद्वार बनेको र सबैले सर्वसम्मत चयन गरेको ऐरीले बताइन् । जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि अब पार्टीको संगठनमा महिलाको सहभागिता बढाउन आफूले काम गर्ने उनले बताइन् ।

Nepali Khaja

आगामी दिनमा जनप्रतिनिधिका लागि चुनाव लड्ने आफ्नो इच्छा रहेको ऐरीले बताइन् । कांग्रेसको हालै सम्मन अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.