सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहरा विजयी

67
Sana Kishan

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । ६२० मत प्राप्त गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् । यस्तै उहाँका प्रतिद्वन्दी अमरसिंह धामीले ३०९ मत मात्रै प्राप्त गरे । उनी दोब्बर मतान्तरले पराजित भएका हुन् ।

कांग्रेसको महाधिवेशन अन्तर्गत दार्चुलामा भएको निर्वाचनमा ९५६ मत खसेको थियो । यस्तै उपसभापतिमा ललितिसिह ठगुन्ना ५४० र महादेब बडू कश्यप ४८२ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री ३३१, शन्तोषकुमार सिह ऐतवाल १५८ र मानबहादुर बम ८१ मत प्राप्त गरेर पराजित भएका छन् ।

Arus
Karnali Traders

सचिवमा पुलेन्द्रबहादुर कार्की सबैभन्दा बढी ६६५ र माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी भएका छन् । महेन्द्रप्रसाद बडू २२४, बिरसिह डडाल ८४, महेशसिंह धामी १३६ र देबसिह धामी १२२ मत ल्याएर पराजित भएका छन् ।

Nepali Khaja

सहसचिवमा राजु अवस्थी ५६९ र राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । सन्तोष दयाली २७४ र जयानन्द जोशी २२५ मत ल्याएर पराजित भएका छन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.