सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ज्योतिष र वास्तुशास्त्र अनुसार शनिबार गर्न नहुने ११ कामहरु !!

62
Sana Kishan

हिन्द धर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईँको जीवन सहज र व्यवस्थित रूपमा अघि बढ्न सक्छन् ।दिशा, बार, ग्रह आदीको हेक्का राखी गरिएका कामहरू सफल हुने दाबी ज्योतिष विज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्त्वपूर्ण वास्तु टिप्सहरू यस्ता छन् जसले तपाईँका कामलाई सफल पार्न भूमिका खेल्छन् ।

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्त्व शून्य हुन जान्छ अर्थात् त्यसको महत्त्व हुँदैन।

Arus

२. मङ्गलवार र शनिवार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधवार बिहान ११ बजेपछि र शुक्रवार गरिएका काम सफल हुनेछन्।

Nepali Khaja

३. उत्तर एवं पूर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठिक हुँदै जानेछन्।

४. दक्षिण–पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धन लाभ प्रायः सदैव भइनै रहन्छ।

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।

६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।

७. हजुरको पछाडि, झाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईँलाई साहस एवं सहारा मिल्नेछ।

Karnali Traders

८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

९. दक्षिण– पूर्व कोणमा बस्दा मान–सम्मान एवं पद प्रतिष्ठा बढ्ने छ।

१०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभ फल पैदा हुने हुन्छ।

११. शनिवारको दिन पिपल वृक्षलाई चिनी–पानी, चिनी–चामल मोलेर या तेल चढाउँदा धन लाभ हुने हुन्छ।शनिदेवलाई कसरी खुसी पार्ने, के गर्दा खुसी हुन्छन् ?

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उद्देश्यले शनिवारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रि भोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुसी पारेर तपाईँले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्त्वपूर्ण कुराहरूबारे जानकारी लिनु आवश्यक हुन्छ ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ।शनि भगवान् सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् ।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ ।शान्त रहन हरेक शनिवार तेल दान गर्नु पर्छहरेक शनिवार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।शनिवार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिवार हनुमानको सामुन्ने सर् सुको तेल को दीप जलाएर हनुमान चालिसाको पाठ गर्नुपर्दछ । gnewsnepal.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.