सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के हो कृतज्ञता चुनौती ? कसरी गर्ने ?

कहिलेकाहीँ हामी आफ्नो कृतज्ञताको उत्सव मनाउन पनि बल लगाउने गरौँ । कसैलाई धन्यवाद दिएर कृतज्ञता व्यक्त गर्दा राम्रो महसुस हुन्छ । हामीले कृतज्ञता व्यक्त गर्न सिक्यौँ भने यसले जीवनमा खुसी र सन्तुष्टि बढाउँछ । त्यति मात्र नभई कृतज्ञ हुनुले डिप्रेसनको कारणलाई घटाउने पनि धेरै अध्ययनहरूले देखाइसकेका छन् । यदि कृतज्ञताको अभ्यास गर्ने हो र यसबाट हुने फाइदालाई अनुभूति गर्ने हो भने दैनिक जीवनमा अरूप्रति कृतज्ञ रहने कोसिस गर्नुपर्छ ।

यसको अर्थ खानाका लागि मिठो परिकार र सानदार ठाउँ भयो भने मात्र कृतज्ञ रहने भन्ने चाहिँ होइन । हामीले दैनिक गर्ने स–साना काम र त्यसले दिने नतिजाप्रति कृतज्ञ हुने अभ्यास गर्नुपर्छ । धन्यवाद दिने, कृतज्ञता प्रकट गर्ने दैनिक तालिका नै बनाए पनि हुन्छ । अरू सीप अभ्यास गर्दा त्यसमा पोख्त भएजस्तै कृतज्ञ हुने अभ्यास सुरु गरेपछि यसको महत्त्वबारे थाहा पाउन सकिन्छ ।

वैज्ञानिकले दैनिक रूपमा जति कृतज्ञ रहन सक्यो‚ त्यति नै फाइदा लिन सकिने पत्ता लगाएका छन् । कृतज्ञताले खुसी, राम्रो सम्बन्ध, आत्मसम्मान र सन्तुष्टि दिन्छ । कृतज्ञ रहनको लागि ५ दिनसम्म यी चुनौतीहरू स्वीकार गरेमा यसले केही कृतज्ञता अभ्यासमा ठूलो सहयोग पु¥याउँछ ।

World Link Ads
Mahakali Polytechnic

पहिलो दिन ः आफ्नो ५ इन्द्रियमा ध्यान केन्द्रित गर्न सुरु गर्नुहोस्

प्रायजसो मानिसहरू भौतिक चिजप्रति मात्र कृतज्ञता व्यक्त गर्नमा केन्द्रित हुन्छन् । मानिसहरू आफूसँग भएको भौतिक वस्तु‚ जस्तैः कार, लुगा र फेन्सी सामग्रीहरू हुनुमा मात्र कृतज्ञता प्रकट गर्छन् । यदि आफूसँग यस्ता भौतिक वस्तुहरू छन् भने त्यसमा पनि खुसी नहुनु भन्ने होइन तर भौतिकवादलाई वास्तवमा जीवनको सन्तुष्टि कम गर्ने र कृतज्ञ महसुस गर्ने क्षमता कम गर्ने पाटोको रूपमा राखेर विश्लेषण गर्ने गरिएको छ ।

हाम्रो जीवनको सरल तर मूल्यवान् र गहिरो पक्षहरूमा ध्यान केन्द्रित गर्न हाम्रा ५ इन्द्रियमध्ये एकमाथि कृतज्ञता देखाएर चुनौतीलाई स्वीकार गर्न सक्छौ‚ जस्तैः दृष्टि । कुनै कागजमा आज मैले देखेको यी तीन चिजप्रति कृतज्ञ छु भनेर लेख्न सुरु गर्न सकिन्छ ।

ती तीन चिजहरू सामान्य पनि हुन सक्छन्‚ जस्तैः ऐनामा आफ्नो सुन्दर प्रतिबिम्ब देखेको, जीवनको थप एक सूर्यास्त, सडकमा छाडा हिँडिरहेको छिमेकीको कुकुर‚ जसलाई देखेर उद्धार गर्दा कुनै अप्रिय घटना हुनबाट बच्नु । हो‚ यसरी नै प्रत्येक साँझ ३ कारण लेख्न सकिन्छ‚ जसले आफ्ना ५ इन्द्रियमध्ये एकप्रति आभारी हुन अभ्यास गराउँछ ।

दोस्रो दिन ः आफूले लिएको प्रत्येक श्वासप्रति कृतज्ञता व्यक्त गर्नुहोस्

कृतज्ञ महसुस गर्ने चाहना छ रु लामो श्वास लिनुहोस् एक पटक होइन‚ दश पटक त्यस्तै गर्नुहोस् । हामी सबैलाई थाहा छ‚ हामी श्वास नफेरी बाच्न सक्दैनौँ । कृतज्ञ हुने योभन्दा ठूलो कारण अरू हुनै सक्दैन । हामी बाँच्न र आफ्नो प्रत्येक श्वासप्रति कृतज्ञता व्यक्त गर्न यसरी अभ्यास गर्न सकिन्छ । भुईँमा खुट्टा राखेर आरामसँग बस्नुपर्छ । बिस्तारै आँखा बन्द गर्नुपर्छ ।

हातलाई बिस्तारै काखमा राखेर आराम दिनुपर्छ । अब बिस्तारै नाकले श्वास लिन सुरु गर्न सकिन्छ । श्वासलाई लामो र गहिरो गतिमा छाडिदिनुपर्छ । यसो गर्नाले लामो समयसम्म यही कार्य जारी राख्न सकिन्छ । यसरी नै एक मिनेटभन्दा बढी समय बिताएपछि यो प्रक्रियाले शरीरलाई जीवनसँग कनेक्ट गराउँछ ।

प्रत्येक श्वासमा कृतज्ञताको भावना राख्नुपर्छ । बिस्तारै फोक्सोमा श्वास भरिँदै जाँदा मस्तिष्कको आँखा पनि भरिँदै जान्छ । १० पटकसम्म यही प्रक्रिया दोहो¥याएपछि त्यो दिनका लागि इन्द्रियमा केन्द्रित भई कृतज्ञता गर्ने अभ्याससमेत गर्न सकिन्छ । अन्त्यमा आफूले छोएको, महसुस गरेका तीन चिजप्रति कृतज्ञ छु भनेर लेख्न छुटाउनु हुँदैन ।

तेस्रो दिन ः कठिनाइलाई वरदानको रूपमा प्रतिबिम्बित गर्नुहोस्

Sana Kishan

जीवन कठिन र चुनौतीपूर्ण छ भन्ने कुरामा कुनै द्विविधा नै छैन किनभने चीजहरू सधैँ हामीले आशा गरेको जस्तो हुँदैनन् । हामी सबैले जीवनको विभिन्न क्षणहरूमा प्रतिकूलता र पिडाको अनुभूति गरिरहेका हुन्छौँ । त्यस्ता कठिन परिस्थितिमा हामीमा कृतज्ञता व्यक्त गर्ने कारण खोज्न सोचेजस्तो सजिलो भने हुँदैन । तर यसले हाम्रो पिडाको पनि उद्देश्य खोज्न सिकाउँछस अनुभूतिको समेत अर्थ बुझाउन मद्दत गर्छ ।

 

एउटा महाप्रलयबाट बचेका भिक्टर फ्रान्कलको किताब ‘म्यान सर्च फर मिनिङ’मा उनले लेखेका छन्, ‘मानिसले आफ्नो भाग्यलाई स्वीकार गर्ने हो भने यसले दिने पिडाहरूले धेरै अवसरहरू समेत प्रदान गर्छ । सबैभन्दा कठिन परिस्थितिमा पनि आफ्नो जीवनको गहिरो अर्थ थाहा पाउन मद्दत गर्छ ।’ कठिनाइलाई स्वीकारोक्तिमा प्रतिबिम्बित गर्न फ्रान्कलको किताबकै एउटा पानालाई लिन सकिने रहेछ । त्रास, असफलता र गल्तीलाई वरदानमा प्रतिबिम्बित गर्न सकिन्छ ।

ती अनुभवबाट बाहिर आउँदाका तीनवटा कुराहरू सम्झिएमा साँच्चै कृतज्ञ महसुस गर्न सकिन्छ । पाँच इन्द्रियमा केन्द्रित रहने कुरालाई पनि याद गर्नुपर्छ । आज मैले सुनेको यो कुराप्रति कृतज्ञ छु भनेर लेख्न सुरु सकिन्छ ।

चौथो दिन ः लिखित रूपमा अरूमाथि कृतज्ञता व्यक्त गर्नुहोस्

तपाईँको जीवनमा तपाईँले साँच्चै कदर गर्ने तीन व्यक्तिहरू को को छन् ? ती तीनमध्ये प्रत्येकलाई आफैँले लेखेर नोट, मेसेज, चिठी लेख्न सकिन्छ । उनीहरूलाई आफूलाई किन उनीहरू विशेष र अनुकरण गर्न लायक छन् भन्ने लाग्छ ती विषयहरू लेख्न सकिन्छ ।

उनीहरू हुनुको सार्थकताबारे समेत लेखेर पठाउन सकिन्छ । यसरी अरूको प्रशंसा गर्दा राम्रो अनुभूति हुन्छ । यसो गर्दा पढ्ने व्यक्तिलाई त राम्रो महसुस हुन्छ नै‚ लेख्ने व्यक्तिलाई समेत सकारात्मक प्रभाव पर्छ ।

अरूको प्रशंसा गर्दा डिप्रेसनको जोखिम कम हुने समेत अध्ययनले देखाएको छ । फेरि ५ इन्द्रियप्रति केन्द्रित हुन बिर्सनुहुन्न । आज मैले यो चिजको स्वाद लिएँ र त्यसप्रति कृतज्ञ छु भनेर लेख्न छुटाउनु हुँदैन ।

पाँचौँ दिन ः ध्यान दिनुहोस् र साना कुराको प्रशंसा गर्नुहोस्

नियमित रूपमा कृतज्ञ हुन अभ्यास गरिरहँदा दिनभरि भएका कार्य‚ जसमा कृतज्ञता व्यक्त गर्न सकिन्छस त्यस्ता अवसरहरूबारे ध्यान दिनु आवश्यक छ । यदि आफूलाई सेवा प्रदान गरेको अथवा दया भाव देखाएको व्यक्तिप्रति कम्तीमा दुई पटक लिखित अथवा मौखिक रूपमा कृतज्ञता व्यक्त गर्न सकिन्छ ।

सेवा प्रदायक, साथीहरू, सहकर्मी, परिवार लगायतका धेरै पक्षहरू हाम्रो दैनिक आधारभूत आवश्यकता पूरा गर्ने क्रममा हामीसँग जोडिएका हुन्छन् । उनीहरूको काम र सेवाप्रति कृतज्ञता व्यक्त गर्ने धेरै ठाउँ हुन्छन् ।

एक पटक त्यस्ता ठाउँहरू पहिचान गरेमा अर्को पटकदेखि सजिलो हुन्छ । धन्यवाद लिने र दिने दुवैमा यसको सकारात्मक असर फैलने अध्ययनले देखाएको छ । योसँगै इन्द्रियमा ध्यान दिन छुटाउनु हुँदैन । आफूले बास्ना लिएको कुराबारे नोट गर्नुपर्छ ।

माथिका यी ५ कुराहरूलाई मात्रै ध्यानमा राख्ने हो भने र नियमित यसलाई अवलम्बन गर्ने हो भने यसले कृतज्ञता अभ्यासमा ठूलो भूमिका खेल्छ । कृतज्ञ हुनु भनेको खुसी हुनु र सन्तुष्ट हुनु हो । यसले स्वास्थ्यमा समेत धेरै सकारात्मक असरहरू देखाउन थाल्छ । कृतज्ञता अभ्यासका यी ५ दिनले मात्र राम्रोसँग अनुभव गर्न सक्ने गरी सकारात्मक नतिजा दिन थाल्छ । त्यसैले कृतज्ञ रहनुहोस् खुसी रहनुहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.