सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हाम्रो शुक्लाफाँटा, राम्रो शुक्लाफाँटाका अभियन्ता चन्द सम्मानित

प्रकाश भट्ट

124
Sana Kishan

कञ्चनपुर –  हाम्रो शुक्लाफाँटा राम्रो शुक्लाफाँटाका अभियन्ता लगाएतका व्यक्तित्व सम्मानित भएका छन। । शुक्रबार प्रकाश मेमोरियल स्कुल ब्यवस्थापन समितिका अध्यक्ष  निलम आलेको सभापतित्व रहेको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य एवम् पुर्व राज्य मन्त्री प्रकाश रावल प्रमुख अतिथी तथा सुदुरपश्चिम विश्वविद्यालयका पुर्व डिन डा. टेकराज पन्त बिशिस्ट अतिथी रहनु भएको उक्त कार्यक्रममा विभिन्न बिधाका सय जना भन्दा बढी अभियन्ता लाई सम्मानित गरिएको छ।

Arus

लामो समयदेखि बन्द रहेको कञ्चनपुरकै एकमात्र मझगाउ बिमानस्थल पुनः संचालनका लागि सामाजिक संजालबाट अभियान थालनी गरि सबैको साथ सहयोग र सहकार्यले आजका मिति सम्म आईपुग्दा बिमानस्थल निर्माणका लागि टेण्डर प्रक्रिया सम्पन्न भैसकेको अवस्थामा पुगेको तथा उक्त अभियानमा राजेन्द्र बहादुर चन्द लगाएतका ब्यक्तिको ठुलो योगदान रहेको शिक्षक एवम् नागरिक सरोकार केन्द्रका सदस्य उत्तम बिष्ट बताउँछन् ।

Nepali Khaja

स्थानिय स्तरमा रहेको प्रमुख पर्यटकिय क्षेत्र शुक्लाफाँटाको प्रचार प्रसार सहित पर्यटन प्रबर्द्धनका लागि निस्वार्थ रुपमा लाग्नु भएका भीमदत्त नगरपालिका १६ मझगाउ कञ्चनपुर निवासी राजेन्द्र बहादुर चन्द सम्मान पत्र सहित प्रमुख अतिथि बाट सम्मानित भएका छन् ।

Karnali Traders

गुगुल्डी वाङमय प्रतिष्ठानका अध्यक्ष वीर बहादुर चन्द विश्रामका अनुसार पछिल्लो समयदेखी सामाजिक क्षेत्रमा उहाँले पुर्याउँदै आएका योगदानको कदर स्वरुप कार्यक्रमा युवा चन्दलाइ सम्मानित गरिएको हो। उक्त भव्य कार्यक्रमको संचालन भने अमित भट्टले गर्नु भएको थियो।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.