Bedkot Samudayik Ban

आज (शुक्रबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
2
Shares

साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।

Arus

बिहीबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ रुपैयाँ रहेको छ। बिहीबार चाँदी प्रतितोला रु एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share