सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राखेका छन् सम्हालेर अक्सर ती यादहरू ….

राखेका छन् सम्हालेर अक्सर ती यादहरू।
आउछन् भनेर हिउँद पछि सधैं बर्षादहरू।

खुँम्चिदै गएका सिद्धान्तले समेट्न सकेनन्,
के काम लागे र हाम्रा निम्ति तिम्रा वादहरू।

Sana Kishan

फुलेका चेतनाभित्र अँटाउन सक्दैनन् ती,
जो गर्न जान्दैनन् लफडाहरू फसादहरू।

World Link Ads
Mahakali Polytechnic

विधिले नै विधि नचिन्ने अनौठा थिती छन्
विधिहरूले नै जन्माएको छ जल्लादहरू।

Dirghayu Ads

न्यायको के आशा मलाई यो अदालतबाट
जहाँ प्रायः दर्ता नै हुँदैनन् मेरा फिरादहरू।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.