सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समयमा सुत्ने समयमा उठ्न गर्नाले हुन्छन् यस्ता फाइदा !!

निद्रा त हाम्रो लागि कुनै वरदान भन्दा कम होइन । तर, यो व्यस्त जीवनमा हाम्रो निद्रा बारम्बार डिस्टर्ब भइ नै हाल्छ । जे भए पनि दिमागलाई फ्रेस बनाउन होस् या शरीरका अन्य अंगलाई आराम दिन नै किन नहोस्, हामीलाई आरामको जरुरत निकै पर्छ ।

पछिल्लो समय हामीलाई स्मार्टफोन वा कम्प्युटरबाट आउने कृत्रिम प्रकाशले निद्रामा निकै डिस्टर्ब गरेको छ । शोधकर्ताहरुका अनुसार कृत्रिम उज्यालोका कारण हाम्रो शरीरले राम्रोसँग काम गर्न पाएको छैन ।

यसले हाम्रो स्वास्थ्यलाई पनि निकै असर गरेको छ । हाम्रो आँखामा रेटिना हुन्छ, जुन प्रकाशप्रति निकै संवेदनशील हुन्छ । यसलाई डिस्टर्ब हुनु भनेको हाम्रो स्वास्थ्यमा निकै धेरै असर पर्नु हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तर, विहान छिटो उठ्ने हो भने हाम्रो शरीरमा अतिरिक्त ऊर्जा प्राप्त हुन्छ । मानसिक रुपमा शान्त हुन पनि बिहान छिटो उठ्दा फाइदा नै हुन्छ । दिउँसोको समस्याबाट मुक्ति पाउन पनि बिहान छिटो उठ्नु पर्ने हुन्छ ।

यदि हाम्रो बानी राती अबेरसम्म सुत्ने छैन भने त्यसलाई तुरुन्त बदल्नु आवश्यक हुन्छ । अनि फेरि ढिलोसम्म सुत्ने बानी पनि तत्काल छोड्नु पर्ने हुन्छ । किनकि केही अघि भएको एउटा शोधले पत्ता लगाएको छ कि विहान अबेरसम्म सुत्ने बानी हुँदा मानिसको व्यवहारमा पनि निकै परिवर्तन आउँछ । यसले हामीलाई हाम्रो दिमागमा पनि असर पार्छ ।

विहान अबेर उठ्दा हाम्रो शरीरबाट क्यालोरी खर्च हुन पाउँदैन जसले हामीमा मोटोपनाको समस्या निम्त्याउन पनि सक्छ । यसले हाम्रो वजन बढ्दै जान्छ, हर्मोन असन्तुलित हुन्छ । राती अबेरसम्म निद्रा पर्दैन भने हामीले सुत्नुअघि खुट्टालाई तातो पानीमा डुबाउने, मनतातो दूध पिउने गर्न सक्छौँ । यसो गर्दा हामीलाई निद्रा पर्न सहज हुन्छ । gnewsnepal.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.