Bedkot Samudayik Ban

ट्रकको ठक्करबाट कैलालीमा महिलाको मृत्यु

Sana Kishan
Total
64
Shares

कैलाली – ट्रकको ठक्करबाट कैलालीमा मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो।

Arus

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले उनीलाई ठक्कर दिएको थियो। उक्त ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ। अहिले लम्की बजार पनि बन्द गरिएको छ। यस्तै आक्रसित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
64
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
64
Share